Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

महिला उद्यमीहरुको गौरवको लागि

Women Run Enterprise Loan

सशक्त महिलाहरू एक सशक्त समाज र राष्ट्रको प्रतीक हुन् । नबिल बैंकले उद्यमशीलता सीपको विकास गरी महिलाका लागि अझ राम्रो आर्थिक अवसरहरू सिर्जना गर्न सरकारी पहललाई समर्थन गर्दछ । महिलाद्वारा संचालित उद्यम कर्जा, महिलालाई राम्रो जिविकापार्जन र रोजगारी सिर्जनाका लागि प्रोत्साहित गर्न जमानतको आधारमा ब्याज अनुदान सहितको कर्जा हो, त्यसले स्थानीय रूपमा राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्‍याउँछ । यो सहायताले निम्न क्षेत्रहरूको महिला सञ्चालित साना तथा लघु उद्यमको स्थापना वा आवश्यकता पूरा गर्न सहयोग गर्दछ ।

  • कृषी
  1. खाद्य बाली, नगदी बाली, तरकारी, फलफूल र औषधी जडिबुटी
  2. पशुपंक्षी पालन
  3. सिचाई र सिचाई उपकरण
  4. कृषी वस्तु र उपकरण
  5. वन विकास र चरान क्षेत्र विकास
  6. जग्गा विकास र जग्गा-संरक्षण ईत्यादि
  • उद्यम
  1. हाते लूम, अर्ध-स्वचालित तान, बेर्ने, चित्रकला, मुद्रण, सिलाई बुनाइ, सिलाई, ऊन मेट कार्पेट, पस्मिना, ऊनको पोशाक, निर्माण कार्य, काष्ठकला, बाँस र निगोलोले बनेका उत्पादनहरू, प्राकृतिक लहराले बनेका उत्पादनहरू
  2. हस्तनिर्मित कागज, सुन, चाँदी, तामा, पीतल, फलामसँग सम्बन्धित काम, गहना र मूर्ति निर्माण कार्य, चिया बनाउने प्रक्रियासँग सम्बन्धित काम, सिरेमिक र माटोको भाँडो बनाउने काम, छाला सम्बन्धी कार्यहरू, छाला प्रशोधन, हड्डी, सिंग, चट्टान र ढुङ्गाले बनाइएको उत्पादन, चित्र, कागजले बनाइएको सामग्री, धुप, गुडिया र अन्य घरेलु व्यवसायहरू
  3. सेवा व्यवसाय क्षेत्र
  • स्वास्थ्य
  1. सीप र स्वरोजगार
  2. पर्यटन
  3. संचार
  4. यातायात ईत्यादि
  • अन्य (कानूनले स्वीकृत गरे अनुसार मूल्य अभिवृद्धी व्यवसाय, जानकारीसँग सम्बन्धित व्यवसाय, खुद्रा व्यापार, ईत्यादि)

विशेषता

धितो बन्धक अनिवार्य नपर्ने

न्यून्तम ब्याज दरः आधार दर+ २% प्रिमियम; ब्याज अनुदान ६%  

कर्जा सिमा:   प्रति ऋणी/इकाई रु १५ लाख सम्मको 

कर्जा अवधीः ५ वर्ष सम्म

भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा 

सम्पुर्ण कागजात पेश भएपछी १५ कार्यदिन भित्र अनुमोदन पुष्टि

योग्यता मापदण्ड

  • महिला उद्यमीहरुले संचालन गरेको लघु उद्यम
  • न्यून्तम उमेर १८ वर्ष र अधिकतम उमेर ६५ वर्ष
  • परिवारको सदस्यको व्यक्तिग जमानत

आवश्यक कागजातहरु

  • कर्जा निवेदन फारम
  • फर्म दर्ता र स्थाइ लेखा नम्बर प्रमाण पत्र
  • प्रोप्राइटर/ साझेदार /संस्थापक र जमानीकर्ताको नागरिकता प्रमाण पत्रको प्रति
  • फोटोग्राफ
  • नियामवली र प्रबन्ध पत्र  (यदि भएमा)
  • साझेदारी सम्झौता (यदि भएमा) 
  • व्यवसायिक योजना
  • ऋणीको स्वघोषित आय
Women Run Enterprises Loan